+
+

साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल कुवेतसँग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १५:५४

३ जेठ, काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले बुधबार खेलतालिका सार्वजनिक गरेको हो ।

बुधबार नै भएको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपाल र कुवेतसँगै आयोजक भारत र पाकिस्तान छन् ।

नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ असारमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलुरुको श्री कान्तीराभा रंगशालामा यो खेल नेपाली समयअनुसार अपराह्न पौने चार बजेदेखि सुरु हुनेछ । सोही दिन साँझको खेलमा समूह ए कै भारत र पाकिस्तान भिड्नेछन् ।

नेपालले ९ असारमा भारतसँग समूहको आफ्नो दोस्रो खेल खेल्नेछ । यो खेल सोही रंगशालामा साँझ पौने ८ बजेदेखि सुरु हुनेछ ।

समूहको अन्तिम खेल नेपालले १२ असारमा खेल्नेछ । यो खेल अपराह्न पौने ४ बजेदेखि सुरु हुनेछ । साफ च्याम्पियनसिपको फाइनल खेल १९ असारमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?