+
+

साफ च्याम्पियनसिप : ट्याक्टिकल ट्रेनिङले मात्र पुग्ला ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० जेठ ३ गते १७:५२
फाइल तस्वीर ।

३ जेठ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने साफ च्याम्पियनसिप आउन एक महिना बाँकी छ । तर शहीद स्मारक लिग फुटबल जारी रहेका कारण खेलाडीसँग प्रशिक्षण गर्ने समय नै छैन ।

त्यसैले राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले साफ च्याम्पियनसिप लक्षित गरी ट्याक्टिकल ट्रेनिङ गराउँदै आएका छन् ।

जुन २१ देखि जुलाई ४ सम्म भारतको बेंगलोरमा हुने र साफ क्षेत्रका ६ र दुई आमन्त्रित टिम कुवेत र लेवान गरी ८ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका लागि उनले बुधबार तेश्रो ट्याक्टिकल ट्रेनिङ गराएका छन् । जसमा लागि उनले लिग खेलिरहेका मध्येबाट ३१ खेलाडीलाई बोलाएका छन् ।

राष्ट्रिय टिमबाट खेल्नु एक हप्ताअघि मात्रै ब्रेक पाउने अन्तर्राष्ट्रिय अभ्यास रहेकोले नेपालले पनि यस्तै अभ्यास गर्न लागेको लिग निर्देशक सन्जिव मिश्रले बताए । ‘यो इन्टरनेशनल ट्रेण्ड नै हो । त्यही फलो गर्न लागेको हो’, मिश्रले भने ।

यस्तै अहिले लिग चलिरहेकोले बेला ट्याक्टिकल ट्रेनिङ गराउँदा खेलाडी बारे पनि जानकारी हुने र निकटता हुने उनले बताए । ‘प्रशिक्षकले कसरी ट्याक्टिकल ट्रेनिङ गराएका छन् त्यो उहाँको विषय हो । तर यसरी काम गर्दा खेलाडीसँग निकट हुन सहज हुन्छ । खेलाडीलाई नजिकबाट चिन्न र बुझ्न पाइन्छ । जसले गर्दा पछि सहज हुन्छ ।’

राष्ट्रिय टिमबाट खेलिसकेका र राष्ट्रिय टिममा पर्न योग्य ४० भन्दा बढी खेलाडी विदेश गएका कारण अहिले खेलाडी छान्न पनि कठिन छ ।

गत चैतमा घरेलु मैदानमा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा पनि एनेसले ६ नयाँ खेलाडी टिममा राख्दै मैदान उतारेका थिए । जसमा उनले ४ खेलाडीलाई डेब्यु गराए । त्यसबेला उनले लिगमा राम्रो प्रदर्शन गरेका दिपकराज सिंह ठकुरी, मणि कुमार लामा, सनिस श्रेष्ठ र सुमित श्रेष्ठलाई डेब्यु गराएका थिए । जसमध्ये सनिसले पहिलो रोजाईँमै डेब्यु गरेका थिए ।

थ्री नेसन्स कपमा तथा लिगमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रशिक्षक एनेसले ट्याक्टिकल ट्रेनिङमा बोलाउने गरेका छन् ।

अहिले लगातार लिगको खेल हुँदा खेलाडी घाइते हुने मुख्य समस्या छ । जस्ले गर्दा फिट खेलाडीहरु छान्नुपर्ने अर्को चुनौती छ । ‘चोटको समस्या छ । त्यसले गर्दा मुख्य प्राथमिकता फिट प्लेअरमा हुनुपर्छ । प्रशिक्षकले पनि घाइते खेलाडी भन्दा फिट खेलाडी राख्नुपर्छ’, मिश्रले भने, ‘लिगमा अनुभवी र नयाँ खेलाडीहरु पनि देखिएका छन् ।’

ट्याक्टिकल ट्रेनिङ बाहेक नेपालले साफ च्याम्पियनसिपको तयारी स्वरुप फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ । ए डिभिजन लिग सकिएपछि नेपालले फिलिपिन्समै गएर खेल्नेछ र त्यतैबाट साफ खेल्नका लागि भारत जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाल र फिलिपिन्स बीचको खेल जुन १५ (जेठ ३२) मा हुनेछ । नेपालको ए डिभिजन लिग जेठ २७ गते (जुन १०) मा सकिनेछ । ए डिभिजन लिग सकिएपछि नेपाली टोली फिलिपिन्स जानेछ ।

अन्य देशको तयारी

आयोजक भारतले साफ च्याम्पियनसिपलाई धेरै महत्व दिन छाडेको छ । एसियन कपमा खेल्ने भारतले त्यसलाई लक्षित गर्दै प्रशिक्षण र तयारी गरिरहेको छ ।

साफ च्याम्पियनसिप आयोजनाअघि भारतले हिरो इन्टरकन्टिनेन्टल कप आयोनजा गर्दैछ । जसलाई भारतले एसियन कप २०२३ को तयारीको रुपमा खेल्ने जनाएको छ । साफ भन्दा अघि जुन ९ देखि १८ सम्म हुने इन्टरकन्टिनेन्ल कपमा भारतले लेवनानसहित मंगोलिया र भानुआटुसँग खेल्नेछ ।

सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बंगलादेशले आइतबार साफ च्याम्पियनसिपका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

माल्दिभ्समा पनि अहिले धिवेही लिग सञ्चालन भइरहेको छ ।

पाकिस्तानले यही मे मा हुने ३४औं नेशन गेम्स अन्तर्गत फुटबल खेलबाट खेलाडी छनोट गर्ने र साफ च्याम्पियनसिपअघि मैत्रीपूर्ण खेल पनि खेल्ने पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ ।

फिफाको निलम्बनमा रहेको श्रीलंकाले साफ च्याम्पियन खेल्न पाउने छैन ।

साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन भन्दै साफले यस पटकदेखि दुई टिम आमन्त्रण गर्ने निर्णय गरेको थियो । जस अनुसार यो पटक कुवेत र लेवनानले साफ खेल्दै छन् । कुवेत नेपालकै समूहमा परेको छ ।

पछिल्लो समय नेपालले कुवेतसँग एसिया कप/विश्वकप छनोटमा खेल्दै आएको छ तर जित हात पार्न सकेको छैन । नेपालको लागि कुवेत बलियो प्रतिस्पर्धी बन्दै आएको छ ।

ट्याक्टिकल ट्रेनिङका लागि बोलाइएका खेलाडीको सूची

चर्च ब्वाइज युनाइटेड : अनन्त तामाङ, एरिक विष्ट, अन्जन विष्ट, आशिष चौधरी, सुशिल शाह

त्रिभुवन आर्मी एफसी : नवयुग श्रेष्ठ, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, विमल पाण्डे

एपीएफ एफसी : सनिस श्रेष्ठ, नविन लामा, मनि कुमार लामा, आभास लामिछाने

मछिन्द्र एफसी : देवेन्द्र तामाङ, पुजन उपकरकोटी, विमल घर्ती मगर

थ्री स्टार क्लब : दिपेश गुरुङ, लाकेन लिम्बु, विक्रम लामा

संकटा क्लब : निशान खड्का, आयुष घलान, मनिष डाँगी

सातदोबाटो युथ क्लब : सुदिप गुरुङ, दिपक राज सिंह ठकुरी

जावलाखेल युथ क्लब : अनिश देउला, सिमान्त थापा

मनाङ मर्स्याङ्दी क्लब : दिप कार्की, आशिष गुरुङ

फ्रेण्ड्स क्लब : एन्जल महर्जन

राउण्ड ग्लास पञ्जाव एफसी : किरण कुमार लिम्बु

पेरिसिक केडिरी : रोहित चन्द

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?