
४ जेठ, काठमाडौं । कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा ज्येष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएका छन् ।
समितिको आन्तरिक कार्यविधि र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।
जेठ २ गते देउवाले नै ज्येष्ठ सदस्यको हैसियतमा समितिको सभापतित्व गरेका थिए । सोही समितिको बैठकले आजका लागि बैठक बोलाएको थियो ।
तर देउवा अनुपस्थित रहेपछि बिहान साढे ८ बजे बोलाइएको बैठक समयमै सुरु हुन सकेन ।
देउवा अनुपस्थित रहने भएपछि समितिमा रहेका देउवापछिका ज्येष्ठ सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बैठक सुरु भएको छ । गुप्ता नेकपा एमालेका सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4