+
+

रियलविरुद्ध जितले पोहोरको पीडा हटाएको छ : ग्वार्डिओला

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १२:३३

४ जेठ,  काठमाडौं । युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलमा साविक विजेता रियल मड्रिडमाथि शानदार जित हात पारेपछि म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गत वर्षको हारको पीडालाई हटाएको बताएका छन् ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको दोस्रो लेगमा सिटीले कीर्तिमानी १४ पटकको विजेता रियललाई ४-० ले हराउँदै समग्रमा ५-१ को जित निकाल्यो ।

गत सिजन सेमिफाइनलमै रियल र सिटी भिडेका थिए । जहाँ पहिलो लेग सिटीले ४-३ ले जितेको थियो तर दोस्रो लेगमा रियलले पुनरागमन गर्दै ३-१ ले खेल जित्दै समग्रमा ६-५ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

‘जब ड्र मा मड्रिड परेको थियो । मैले भनेको थिएँ- यस आइ वान्ट इट’ ग्वार्डिओलाले भने, ‘मैले केही दिनहरूमा महसुस गरेको थिएँ कि हामीसँग यस प्रकारका खेलहरू खेल्नको लागि शान्त र तनावको मिश्रण छ । आज हामीसँग भएको सबै कुरा बाहिर गयो । यो गत सिजन धेरै पीडादायी थियो। तर एक वर्षको दौरान हामीले देखायौं कि यी खेलाडीहरूको समूह कति विशेष छन् ।’

सिटीले अहिलेसम्म युरोपियन प्रतियोगिता जितेको छैन । अब सिटीले च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग जुन १० मा खेल्नेछ ।

सिटीले युरोपियन प्रतियोगिता घरेलु मैदानमा २०१८ यता हारेको छैन र अपराजित यात्रा २६ खेलसम्म पुर्‍याएको छ ।

‘मलाई लाग्दैन कि धेरै टोलीहरूले रियल मड्रिडलाई त्यसो गर्नेछन्, तर जब हामी सबैसँगै छौं, र विशेष गरी यहाँ खेल्छौं, हामी ‘अजेय’ महसुस गर्छौं,’ सिटीका फरवार्ड ज्याक ग्रेलिसले बीटी स्पोर्टसलाई भने, ‘मलाई थाहा छैन यो के हो, चाहे यो हाम्रा फ्यान होस् वा पिच, हामी केवल ‘अजेय’ महसुस गर्छौं । लिगमा पनि हामीलाई कसैले हराउन सक्दैन भन्ने महसुस गर्छ । यो अविश्वसनीय छ ।’

घरेलु मैदान सिटी रियल विरुद्ध सुरुवातदेखि नै हावी थियो । थिबाउट कोर्तवाको दुई उत्कृष्ट बचाउले एर्लिङ हालान्डलाई गोल गर्नबाट रोक्यो ।

तर बर्नानर्डो शिल्भाको पहिलो हाफमा दुई गोल अनि मानुएल अकान्जी र जुलियन अल्भारेजको गोलमा सिटीले ४-० को जित हात पार्‍यो । अहिले उत्कृष्ट लयमा रहेको सिटी ‘ट्रेबल’ नजिक पुगेको छ ।

च्याम्पियन्स लिग बाहेक सिटी प्रिमियर लिगमा पनि उपाधिबाट एक जित मात्र टाढा छ भने एफए कपको पनि फाइनल पुगेको छ । आइतबार घरेलु मैदानमा चेल्सीलाई पराजित गरे सिटीले दुई खेलअघि नै प्रिमियर लिग उपाधि जित्नेछ ।

यस्तै एफए कप फाइनलमा शहरी प्रतिस्पर्धी म्यानचेष्टर युनाइटेडसँग जुन ३ मा वेम्लीमा प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुलका पूर्व स्ट्राइकर माइकल ओवेनले बीटी स्पोर्टसलाई भने, ‘सबैजना शीर्ष स्तरमा खेलिरहेका छन् । तिनीहरूसँग एक जना प्रतिभाशाली म्यानेजर छन् । मैले उनीहरुले तीनवटै ट्रफी जितेकोबाहेक अरू केही देख्न सक्दिन ।’

न्युक्यासल र सिटीका पूर्व गोलकिपर शे गिभेनले भने, ‘ट्रेबल झन् नजिक हुँदै गइरहेको छ । रियललाई पार गर्नु सबैभन्दा ठूलो बाधा थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?