+
+

दाङमा खोलामा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १३:३४

४ जेठ, दाङ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका प्रहरीले जनाएको छ ।

बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने  क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए ।

लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको बालक बोहराको उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?