+
+

नेपालमा रासायनिक मल उत्पादनबारे सम्भाव्यता अध्ययन भइरहेको छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १४:३३

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  नेपालमा रासायनिक मल उत्पादनबारे नेपाल लगानी बोर्डमा प्राप्त भएका विभिन्न प्रस्तावहरुका आधारमा सम्भाव्यता अध्ययन भइरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले मल कारखाना स्थापना कार्यलाई सरकारले उच्च प्राथमिकताकामा राखेको बताए ।

‘लगानी बोर्डमा प्राप्त विभिन्न प्रस्तावहरुको अध्ययनका आधारमा मल कारखाना स्थापनाको कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाइने जानकारी सदनलाई दिन चाहान्छु’ प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?