+
+

कोशीमा माओवादी र जसपालाई सरकार छाड्न कांग्रेसको आग्रह

पहिचान पक्षधरसँग वार्ता गर्न सरकारलाई आग्रह

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ ४ गते १६:१६

४ जेठ, विराटनगर । नेपाली काङ्ग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई तत्काल सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

बैठकले नामकरणको विपक्षमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन प्रदेश सरकारसँग माग गरेको छ । त्यस्तै आन्दोलरत पक्षलाई पनि संयमता अपनाउन आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति पनि बनाएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

ल्यापटपको बजेट किसानलाई देऊ

काङ्ग्रेस संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न प्रदेशसभा सचिवालयलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयले सांसदका लागि एक सय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको छ।

काङ्ग्रेस दलको बैठकले ल्यापटप खरिदका लागि छुट्याइएको एक करोड ५० लाख रूपैयाँ किसान लक्षित कार्यक्रममा खर्च गर्न सरकारलाई आग्रह गरेको संसदीय दलका नेता थापाले जानकारी दिए ।

कोशी प्रदेशको झापा र इलाममा पशु चौपायामा रोग फैलिएको छ । चौपाया मरेर क्षति पुगेका किसानलाई ल्यापटप खरिदका लागि छुट्याइएको बजेट खर्च गर्न दलका नेता थापाले आग्रह गरे । प्रदेशसभा सचिवालयले ल्यापटप खरिद गरे काङ्ग्रेसले नलिने उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?