+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भिजिट भिसामा खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १९:५७

४ जेठ, काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयहरुलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिहरुप्रति पूर्ण सतर्कताका साथ काम गर्ने भनेका छन् । खासगरी भिजिट भिसामा खाडी मुलुक, टर्की, फिलिपिन्स, थाइल्याण्ड र मलेसिया जाने यात्रुमाथि बढी निगरानी गर्न निर्देशन दिइएको छ ।

यस्ता मुलुकका भ्रमणमा जाने व्यक्तिको आवश्यक कागजात, भ्रमणको उद्देश्य जस्ता विषयमा सूक्ष्म अध्ययन तथा क्रम भेरिफिकेसन गर्न भनिएको छ । साथै कागजातको वैधताको समेत अध्ययन गर्न महानिर्देशक अधिकारीले अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

भिजिट भिसामा प्रस्थान अनुमति दिंदा नाता प्रमाणित लगायत आवश्यक कागजात अनिवार्य रुपमा ‘नेपाल पोर्ट सिस्टम’मा अपलोड गर्न समेत विभागले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?