
४ जेठ, काठमाडौं । विपक्षी जोसुकै होस्, घरेलु मैदानमा म्यानचेस्टर सिटीको लयलाई हेर्दा उनीहरु हार्छन् भनेर अपेक्षा गर्ने जमात निकै सानो थियो ।
तर, जुन खेलबाट रियल मड्रिडलाई इंग्लिस टिमले घुँडा टेक्न बाध्य बनायो, त्यो ऐतिहासिक झड्का थियो ।
अर्को आश्चर्यको कुरा के पनि थियो भने रियलले सिटीका सबैभन्दा खतरनाक स्ट्राइकर इर्लिङ हलान्डलाई रोक्न पूर्ण रुपमा सफल रह्यो ।
गोलरक्षक थियावट कोर्टवाले हलान्डका तीन शशक्त प्रहार बचाउ गरेका थिए । यद्यपी अन्य स्ट्राइकरबाट चार गोल खाए ।
रियल मड्रिडलाई एक असहायजस्तै बनाउन सिटीले बुधबार राति अर्कै स्तरको खेल प्रस्तुत गरेको थियो ।
यो सिजन रियलले च्याम्पियन्स लिगमा १५औं उपाधि जित्न सक्दैन । तर, सिटीका लागि भने पहिलो सफलता मिल्नसक्छ । वास्तवमै उनीहरुको च्याम्पियन्स लिग सपना भेट्टाउन यो सिजन अहिलेसम्मकै उत्कृष्ट अवसर मानिएको छ ।
बर्नान्डो शिल्भाले शानदार प्रदर्शन गरे र पहिलो हाफमै अग्रता दिलाएर समग्रमा बराबरीको स्थितिमा ल्याए । यी पोर्चुगिज सुपरस्टारले दुई शानदार फिनिसिङ गरे जसबाट उनको दिमागको अध्ययन गर्न सकिन्छ ।
मड्रिडका लागि यो रात बिर्सनलायक हुनुका बाबजुद उनीहरुसँग केही क्षण थियो । सिटीका ब्राजिली गोलरक्षक एडरसनले दुवै प्रहार शानदार बचाउ गरे । पहिलो हाफमा टोनी क्रुजले २५ यार्डबाट प्रहार गरेका थिए ।
दोस्रो हाफमा डेभिड अलावाले सिधा प्रिकिकमार्फत चुनौति दिएका थिए । दुवै अवसरमा एडरसनको बचाउ उल्लेखनीय थियो ।
रियलका गोलकिपर कोर्टवामात्र एकमात्र खेलाडी हुन् जसको शानदार प्रदर्शनका बाबजुद टिमले ४–० को पराजय बेहोर्यो । यदि यी बेल्जियन सुपरस्टार हुँदैन थिए भने रियल मडिडका लागि बुधबार एक लज्जास्पद रात हुने निश्चित थियो ।
इत्तेहाद रंगशालामा समर्थकको माहोल राम्रो हुने गरेको इतिहास छैन । तर, बुधबार आफ्नो टिमलाई समर्थन गर्न आएकाहरु सभ्य शैलीमा नाराबाजी गर्दै खुसीयाली मनाइरहे ।
रंगशालाको प्यारापिटमा देखिएको माहोलले रियल मड्रिडलाई खेलमा पुनरागमन गर्न झनै कठिन भइरहेको थियो ।
यस खेलमा केल वाल्कर नै एकमात्र खेलाडी हुन् जसले भिनिसियस जुनियरलाई पूरा अवधि शान्त राखिदिए । त्यसैले यी ब्राजिलियन विंगरले बल प्रहार गर्न पाएनन् र रियलले केहि गर्न सकेन ।
हलान्ड र भिनिसियस यो खेलको केन्द्रमा थिए । तर, दुवैले कुनै प्रभाव देखाउन सकेनन् । यो सिजन नर्वेका सुपरस्टार हलान्ड गोलविहीन भएको खेल कमै हुने गरेको छ । उनले गोल गर्न नसक्नुमा कोर्टवाको भूमिका छ । उनले तीनवटा शानदार बचाउने हलान्ड खाली हात हुनुपरेको हो ।
– मार्काबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4