
४ जेठ, पोखरा । पोखरामा बिहीबार नगर बसले ठक्कर दिंदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ हेम्जाका ४६ वर्षीया तुलसीप्रसाद तिवारी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवण कुमार विकका अनुसार छोरेपाटनबाट विश्व शान्ति स्तूपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सोही स्कुटरमा सवार हेम्जाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4