+
+

फिल्म ‘काँडेतार’ सेन्सर फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते २०:२८

काठमाडौं । अन्ततः लामो रस्साकस्सी र विवादपछि फिल्म ‘काँडेतार’ सेन्सर पास भएको छ । चलचित्र जाँच समितिले विहीबार फिल्म हेरेपछि सेन्सर फुकुवा गरेको हो ।

निर्माता, अभिनेता तथा निर्देशक नवल खड्काले सामाना फिल्म्स प्रालिले निर्माण गरेको फिल्म सेन्सर फुकुवा भएको जानकारी दिएका छन् । सेन्सर पास भएपछि समिति अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले निर्माता खड्कालाई प्रमाणपत्र प्रदान गरे ।

सेन्सर बोर्डले अभिभावकको निगरानीमा बालदर्शकले फिल्म हेर्न मिल्ने गरि पीजी प्रमाणपत्र प्रदान गरेको छ । विहीबार सेन्सर गर्नुअघि निर्माता र सेन्सर बोर्डका पदाधिकारीबीच फिल्ममा समावेश गृह मन्त्रालयका दृश्य र भुटानबारेको संवाद हटाउने लगायतका कुरामा सहमति भएको थियो ।

भारतले सीमा अतिक्रमण गरेको भन्ने कतिपय कुरामा सेन्सर बोर्ड लचिलो बनेको खड्काले जानकारी दिए । सेन्सर फुकुवा भएपछि निर्माता खड्काले दवाव सिर्जना गर्न साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

गत महिना नेपाल र भारतबीचको सम्बन्धमा असर पुग्ने भन्दै सेन्सर बोर्डले फिल्मलाई पास गर्न मानेको थिएन । सेन्सर पास भएपछि भने निर्माता खड्काले चाँडै प्रदर्शन मिति घोषणा गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?