+
+

‘टाइगर ३’को छायांकनमा सलमान खान घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते २१:०७

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले ‘टाइगर ३’ मा व्यस्त छन् । यो फिल्ममा धेरै वर्षदेखि जोशका साथ काम गरिरहेका थिए । हालै यो फिल्मको सुटिङका क्रममा सलमानलाई चोट लागेको छ । उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेका छन्, जसमा उनको काँधमा चोट लागेको र ब्यान्डेज लगाएको देखिन्छ । डम्बेल उठाउँदा सलमानलाई यो चोट लागेको हो ।

फोटो सेयर गर्दै सलमानले लेखेका छन्, ‘जब तपाईलाई लाग्छ कि तपाई सारा संसारको भार आफ्नो काँधमा बोक्दै हुनुहुन्छ, तब उनीहरु भन्छन् संसार छोड र पाँच किलोको डम्बेल उठाएर देखाऊ । बाघ घाइते छ ।’ भएका छन् । सलमानको यो तस्वीर देखेर फ्यान चिन्तित छन् र उनको स्वास्थ्यको बारेमा सोधिरहेका छन् ।

‘टाइगर ३’ मा सलमानको अपोजिट कट्रिना क्याफले अभिनय गरेको बताइएको छ । ‘टाइगर’ फ्रेन्चाइजको यो तेस्रो फिल्म हो । यो फिल्ममा शाहरुख खानले केमियो भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा टाइगर र पठानको एक्सन समावेश गरिएको छ । जसका लागि आदित्य चोपडाले छुट्टै बलियो सेट बनाएका छन् । यो सेट बनाउन ३५ करोड भारु खर्च भएको छ ।

मनीष शर्मा निर्देशित ‘टाइगर ३’मा इमरान हाश्मी पनि रहनेछन् र नोभेम्बर १० मा रिलिज हुनेछ । यो फिल्मपछि शाहरुख र सलमानको नयाँ फिल्म ‘टाइगर भर्सेस पठान’ को सुटिङ सुरु हुनेछ । सलमान र शाहरुखले यो फिल्मको सुटिङ २०२४ देखि सुरु गर्ने बताइएको छ । ‘पठान’ मा शाहरुखको अपोजिटमा सलमान देखेदेखि नै फ्यानले यी दुई स्टारलाई पर्दामा एकसाथ हेर्न आतुर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?