+
+

आज देखिने छैन जून, के हो कालो चन्द्रमा ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १४:३६

५ जेठ, काठमाडौं। आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैंजस्तो चन्द्रमा देखिंदैन । रातको समयमा आकाश खुल्यो भने पनि चम्किलो चन्द्रमा देखिने छैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ ।

आखिर चन्द्रमा कालो कसरी हुनसक्छ ? के चन्द्रमाको प्रकाश सकिएर त्यस्तो भएको हो ? कालो चन्द्रमाले धर्तीमा कस्तो असर पार्न सक्छ ? कालो चन्द्रमा पछाडिको विज्ञान के हो ?

हुनत कालो चन्द्रमा नामकरणको कुनै वैज्ञानिक अर्थ र यो नामसँग खगोल विज्ञानको कुनै सम्बन्ध पनि छैन । यसपटक आकाशमा देखापर्ने यस्तो चन्द्रमालाई आमरुपमा मौसमी कालो चन्द्रमा भनिन्छ ।

यो सिजनको चार नयाँ चन्द्रमामध्ये यो तेश्रो नयाँ चन्द्रमाको रुपमा रहेको छ । हरेक ३३ महिनामा यस्तो परिघटना हुने बताइन्छ ।

पृथ्वीको खगोलीय ऋतु हरेक सोल्सटिसमा सुरु भएर सम्पातमा सकिन्छ । अहिले उत्तरी गोलार्धमा वसन्त ऋतुको समय हो भने दक्षिणी गोलार्धमा हेमन्त ऋतु हो । यसको सुरुवात भर्नल इक्विनक्स अर्थात् सम्पातसँगै गत मार्च २० बाट भएको हो । सोही दिन नयाँ चन्द्रमा निस्किएको हो ।

नयाँ चन्द्रमा हरेक २९.५ दिनमा निस्किन्छ अर्थात् उक्त अवधिमा चन्द्रमाले पृथ्वीको एकपटक परिक्रमा गर्दछ । गर्मीयाममा पर्ने सोल्सटिस अर्थात् जून २१ आउन अझै धेरै समय बाँकी छ ।

Rare Black Moon

यो सिजनमा नयाँ चन्द्रमा निस्किने मिति २१ मार्च, २० अप्रिल, १९ मे र १८ जून हो । अर्थात् शुक्रबार निस्किने सिजनको तेश्रो चन्द्रमा ब्ल्याक मून हो ।

कालो चन्द्रमा अर्थात् ब्ल्याक मून चन्द्रमासँग सम्बन्धित विभिन्न घटनाहरु भन्दा फरक हुन्छ । जसरी ब्लू मून एउटा पूर्णचन्द्रको रुपमा हुन्छ भने यस्तै चन्द्रमा कतिपय बेला ब्ल्याक मून बन्दछ । यो हरेक ३२ महिनामा एकपटक हुन्छ ।

कुनै महिनामा नयाँ चन्द्रमा अर्थात् पूर्णिमा नभएको बेलामा पनि ब्ल्याक मून निस्किन्छ । यस्तो चाहिं केवल फेब्रुअरीमा मात्रै हुन्छ । किनकि यो महिना दिनको हिसाबले छोटो हुन्छ र आमरुपमा केवल २८ दिनको मात्रै रहन्छ । यो महिनामा ब्ल्याक मून पाँच वा दशको फरकमा देखा पर्दछ ।

अँध्यारो चन्द्रमा यसकारण आकाशमा देख्न सकिंदैन किनकि चन्द्रमाको जून चम्किलो हिस्सा हामीले दैनिक रुपमा देखेका हुन्छौं त्यो अँध्यारो भागतर्फ पर्दछ । यसको अर्थ रातमा चन्द्रमा नहुने भन्ने होइन ।

Rare Black Moon

तर चम्किलो भाग पछाडिपट्टि परेसँगै चन्द्रमामा कम प्रकाश हुनाले आकाशका झलमल्ल ताराको प्रकाशले चन्द्रमालाई देख्न गाह्रो हुन्छ । त्यसैले यदि तपाइँलाई अन्धकार रातमा धेरै ताराहरु आकाशमा हेर्न मन छ भने १९, २० र २१ मे को रात निकै उत्तम मौका हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?