
५ जेठ, काठमाडौं । एर्लिङ हालान्ड म्यानचेस्टर सिटीको लागि गोल मेसिन हुन् । तर पछिल्लो समय च्याम्पियन्स लिगमा उनले अप्रिलपछि गोल गर्न सकेका छैनन् ।
के यो कुरा म्यानचेस्टर सिटीका समर्थकहरुका लागि चिन्ताको विषय हो ? के एर्लिङ हालान्ड फ्रिज भएका हुन् त ?
हालान्डले रियल मड्रिडका गोलरक्षक थियावट कोर्टवा विरुद्ध गोल गर्ने मौका गुमाए । यो विश्वास गर्न निकै गाह्रो कुरा हो ।
म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई हराउँदै फाइनल पुगेको खुसी मनाउँदै गर्दा हालान्ड माथि प्रश्न भने उठ्न थालेको छ ।
बर्नाडो सिल्भाले २ गोल गर्दै सिटीलाई फाइनल पु¥याउन मद्दत गरे । रियल मड्रिडसँगको दुवै खेलमा हालान्ड निकै राम्रोसँग कभर गर्दै रोकिए । कोर्टोइसले उनलाई गोल गर्न रोके ।
के सिटीले अब टर्मिनेटरले सेमिफाइनलमा गोल गर्न नसकेको चिन्ता गर्नु पर्ला ?
यूईएफए च्याम्पियन्स लिगमा हालान्डको अन्तिम गोल बायर्न म्युनिखसँग रहेको थियो । उनले १९ अप्रिलमा च्याम्पियन्स लिगमा पछिल्लो गोल गरेका थिए ।
के अब उनले फाइनलमा इन्टरविरुद्ध गोल गर्न सक्लान त ?
भविष्यमा गोल्डेन बुटको दाबेदार मानिएका उनले प्रिमियर लिगको थुप्रै रेकर्ड तोडेका छन् । नर्वेजियन खेलाडी हालान्डले प्रिपियर लिगका ३३ खेलमा ३६ गोल र ७ असिस्ट गरेका छन् ।
– मार्काबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4