+
+

काठमाडौं उपत्यकासहित नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:३८

५ जेठ, काठमाडौं। सरकारले काठमाडौं उपत्यकासहित नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीन र विपन्नलाई स्थानान्तरण गरी नदी किनारका अतिक्रमित भूमिलाई खाली गराउने घोषणा गरेको छ ।

यस्तै उपत्यकालगायत मुलुकका ठुला शहरको फोहोरमैलाको दिगो व्यवस्थापनको लागि नीतिगत र संस्थागत व्यवस्था गर्ने घोषणा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गरेको छ ।

स्थानीय तहलाई फोहोरमैला व्यवस्थापन र बहुउद्देश्यीय उपयोगलाई आवश्यक प्राविधिक सहयोग गर्ने घोषणा पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?