+
+

औषधि व्यवस्था विभाग र खाद्य प्रविधि विभाग गाभिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १८:०४

५ जेठ, काठमाडौं । सरकारले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाभ्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागलाई गाभ्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

हाल औषधि व्यवस्था विभागले औषधिजन्य वस्तुको कारोबार नियमन गर्दै आएको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य वस्तुको आयात निर्यात अनुमति, गुणस्तर परिक्षण तथा खाद्य सम्बन्धी कानुन निर्माणको काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?