+
+

गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १८:०६

५ जेठ, काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. १० पुलबजारस्थित एउटा गेष्ट हाउस एण्ड खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ल्ला बागती गाउँपालिका वडा नं. ७ स्थायी घर भई बनेपामा गेष्ट हाउस सञ्चालन गरेर बस्ने ४२ वर्षका लालमान तितुङ र काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका लामाटोल घर भई खाजा घरमा काम गर्ने वर्ष २० का श्याम लामा छन् ।

प्रहरीले गेष्ट हाउसबाट ५ जना नाबालिका र किशोरीको उद्धार गरेको पनि जनाएको छ ।

वेश्यावृत्ति भइरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत सहितको टोली गेष्ट हाउसमा पुगेको थियो ।

उद्धार गरिएका किशोरीहरुले होटलका संचालकहरुले ललाइफकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको बताएका प्रहरीले जनाएको छ ।

पक्राउ परेका गेष्ट हाउस सञ्चालकहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई जिल्ला अदालत धुलिखेलबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?