+
+

चर्च ब्वाइजलाई चार अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते २१:३३

५ जेठ,  काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा लिग लिडर चर्च ब्वाइज युनाइटेडले शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।

यस जितपछि चर्च ब्वाइजले दोस्रो स्थानको जावलाखेल युथ क्लबमाथि चार अंकको अग्रता समेत बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा चर्च ब्वाइजका लागि मिलन राईले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए । कमल श्रेष्ठको कर्नरमा मिलनले हेडमार्फत उत्कृष्ट गोल गरे ।

त्यही गोल चर्च ब्वाइजलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

बी डिभिजनको च्याम्पियन बन्दै पहिलो पटक शीर्ष डिभिजनको फुटबल खेलिरहेको चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

चर्च ब्वाइजले १९ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानको जावलाखेलको समान खेलबाट ३२ अंक छ ।

ए डिभिजनमा डेब्यु सिजनमै नाम चलेका खेलाडी समेत भित्र्याएको चर्च ब्वाइजले १९ खेल खेल्दा १० खेल जितेको छ भने ६ बराबरी गरेको छ । चर्च ब्वाइजले जम्मा तीन खेल मात्र हारेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?