+
+

रेसुङ्गा सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणबाहिर

अनिल खत्री अनिल खत्री
२०८० जेठ ६ गते २१:०७

६ जेठ, गुल्मी । गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । रेसुङ्गा नगरपालिका- ८ को खानीगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रवार बेलुकीबाट लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको रेसुङ्गा नगरपालिका-८ का वडाध्यक्ष निरञ्जन काउछाले बताए ।

डढेलो निभाउन स्थानीय वासिन्दा, सुरक्षाकर्मी र जनप्रनिधि लागे पनि नियन्त्रणमा आउन सकेको छैन ।  शनिबार दिउँसो केहीबेर नियन्त्रणमा आएपनि पुनः बेलुकीबाट फैलिएको छ । डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकल पनि प्रयोग गरिएको छ ।

रातको समयमा तीब्र रुपमा हावा चलेकाले डढेलो अझै फैलिन सक्ने अनुमान गरिएको छ । गर्मी र सुख्खा मौसममा हरेक वर्ष गुल्मीमा डढेलो लाग्ने गरेको छ । यस वर्ष जिल्लामा २ हजार १ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?