+
+

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

राम श्रेष्ठ राम श्रेष्ठ
२०८० जेठ ७ गते १६:१६

मोबाइल आजको जीवनशैलीको अभिन्न अंग नै भइसकेको छ । कसैलाई कल गर्न मात्र होइन, इन्टरनेट चलाउन, समाचार पढ्न/हेर्न, भिडियो, फिल्म हेर्न, बैंकिङ कारोबार गर्न, गेम खेल्न मोबाइलकै प्रयोग हुन्छ ।

अझ अहिले अनलाइन बैंकिङको प्रचलन बढ्दो छ । मोबाइल बैंकिङ र वालेटमार्फत सम्पूर्ण कारोबार गर्न सकिन्छ । मोबाइलमै सामाजिक सञ्जाल, इमेल, बैंक खाताको आईडी-पासवर्ड सेभ गरेर राख्ने धेरैको बानी हुन्छ । आजभोलि मोबाइल बैंकिङ ह्याक गरेर रकम झिकिएका घटना पनि निकै बढेका छन् । त्यसैले मोबाइलको प्रयोग गर्दा धेरै सावधानी अपनाउनुपर्छ ।

यस्तोमा फोन कतै हराए वा चोरी भयो भने मानिसहरु निकै त्रसित हुन्छन् । ठूलो नोक्सानी नै व्यहोर्नुपर्ने हुन्छ । त्यसोभए मोबाइल हराएमा के गर्न सकिन्छ त ? यदि मोबाइल हराउने बित्तिकै जुक्ति लगाइहालेमा व्यक्तिगत डाटाको सुरक्षा गर्न सकिन्छ ।

१. मोबाइल चोरी भएमा तुरुन्तै नजिकको प्रहरी चौकीमा गएर उजुरी दिनुपर्छ । उजुरीमा तपाईंको मोबाइल कहिले र कसरी चोरी भयो भन्ने खुलाउनुपर्छ । त्यसपछि उजुरीको प्रतिलिपि लिन नबिर्सनुहोस्, ताकि यदि तपाईंको मोबाइलमा केही गडबड भयो भने तपाईं सुरक्षित रहन सक्नुहुन्छ ।

२. मोबाइल चोरी भएमा आफ्नो मोबाइलको सिम ब्लक गर्नुपर्छ । यदि तपाईंले यसो गर्नुभएन भने तपाईंको नम्बरको दुरुपयोग पनि हुन सक्छ। तपाईंले आफ्नो सिम नेटवर्कको ग्राहक सेवामा कल गरेर नम्बर ब्लक गर्न सक्नुहुन्छ ।

३. यदि तपाईंको मोबाइल चोरी भएको छ भने तपाईंको सबै पासवर्ड तुरुन्तै परिवर्तन गर्नुहोस् । उदाहरणका लागि अनलाइन बैंकिङ पासवर्ड र सोसल मिडियाजस्ता महत्त्वपूर्ण पासवर्डहरू परिवर्तन गर्न नबिर्सनुहोस् । अन्यथा तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।

४. मोबाइल चोरी भएपछि आफ्नो अन्य डिभाइसमा लगइन गर्नुहोस् । इमेल र अन्य एपमा लगइन गर्नुहोस्। ताकि अरू कसैले कतै लगइन गर्न नपाउन्।

साथै, ध्यान दिनुपर्ने कुरा के छ भने भविष्यमा आफ्नो मोबाइलको कुनै पनि एपमा पासवर्ड स्वतः सेभ हुने गरी नराख्नुहोस् ।

(एलएस मोबाइल सेन्टरका सञ्चालक श्रेष्ठसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?