+
+

हलिउड अभिनेता टम हार्डीले दिए नेपाली आरोही हरि बुढामगरलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १७:४४

काठमाडौं । विश्वचर्चित हलिउड अभिनेता टम हार्डीले कृत्रिम खुट्टाको मद्दतमा सगरमाथा आरोहण गरेका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरलाई बधाई दिएका छन् । बुढामगरको सगरमाथा विजयलाई उनले अविश्वसनीय र प्रेरणादायी भएको बताएका छन् ।

इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनले आरोहणका टिम लिडर एचएसटी एडभेन्चर्सका कृष थापालाई पनि बधाई दिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै बुढामगरले चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

अभिनेता हार्डी भेनम, स्टार वार्स, स्पाइडरम्यान : नो वे होम, द म्याट्रिक्स, द रेभिनेन्ट, म्याड म्याक्स फ्युरी रोड, इनसेप्सन, डार्क नाइट राइजेज लगायत चर्चित हलिउड फिल्मका लागि चिनिएका छन् । यसअघि उनले नेपाली आरोही निर्मल पूर्जालाई पनि ‘फोर्टिन पिक्स’ नेटफ्ल्क्सि फिल्मका लागि बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?