+
+

कसले रोक्न सक्ला पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीलाई ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १८:०२

७ जेठ, काठमाडौं । छ वर्षमा पाँचौं सफलता । जसरी पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको च्याम्पियन बनाइरहेका छन्, यो टिमलाई हराउन अनेक तरिका खोजिरहेका प्रतिस्पर्धी टिमहरुमा पक्कै पनि एक किसिमको डर मनमा बसेको हुनुपर्छ ।

शनिबारको खेलमा नटिङहम फरेस्टसँग आर्सनल १–० ले पराजित भएपछि म्यानचेस्टर सिटी ३ खेल अगावै नै प्रिमियर लिगको विजेता बनेको हो । सिटीले आफ्नो शान कायम राख्दै हरेक प्रतिस्पर्धीलाई माथ दिइरहेको छ । जसले गर्दा सिटी टिम विपक्षीहरुका लागि एक अशुभ खड्को बनेको छ ।

वास्तवमा भन्नुपर्दा हरेक प्रतिद्वन्द्वीमाथि जित हात पार्ने सिटीको तीव्र इच्छाशक्तिले उनीहरुलाई यो वर्चस्वसहितको सफलता दिएको हो । चाँदीको ट्रफी उचाल्ने भन्दा पनि उनीहरुमा एक किसिमको प्रतिस्पर्धीलाई उछिन्ने इच्छाशक्ति एकदमै तिखो रुपमा प्रस्तुत भएको देखिन्छ ।

२००६/७, २००७/८ र २००८/९ मा म्यानचेस्टर युनाइटेडपछि लगातार ३ पटक प्रिमियर लिगको उपाधि जित्ने सिटी पहिलो टिम हो ।

सिटी अब अर्को इतिहास कोर्न चाहन्छ । १९९९ मा युनाइटेडले जसरी एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिग जितेको थियो, उनीहरु त्यसैगरी जित्ने दोस्रो इङ्लिस टिम बन्न चाहन्छन् ।

ग्वार्डिओलाको प्रतिभाको साथमा बनेको यो टिम एक राजवंश जस्तो बनिसकेको छ । यो एक मजबुत टिम बनेको छ । यो एउटा मेसिन जस्तो बनेको छ । जसमा कुनै पनि कमजोरी छैन । एकदमै उत्कृष्ट फुटबलको जानकारी भएकाहरुको समूह बनेको छ ।

क्लबलाई यो सालको सुरुवातमा प्रिमियर लिगले आर्थिक अपारदर्शिताको आरोप लागाएको थियो । जसमा प्रिमियर लिगको आर्थिक नियममध्ये १०० भन्दा बढी नियम उल्लङ्घन भएको आरोप थियो । सबै आरोपहरुलाई क्लबले अस्वीकार गर्दै आएको छ । ‘यो घटना एक पटक पुन सधैंको लागि अन्त्य गर्न हामी सबै तत्पर छौं,’ सिटीले भनेको थियो ।

सिटी आउँदो सिजनको लागि पनि उपाधिको प्रबल दावेदार टिम हुनेछ । त्यसैले उपाधिमाथि नजर लगाउने भनौं या उपाधि जित्ने लक्ष्य लिएका सबैका लागि यो टिमलाई रोक्न एक उत्कृट योजनासहित अबको समर विन्डो महत्वपूर्ण हुनसक्छ ।

सिटीको अथक दबावबाट अन्य टिम बच्न सक्लान ?

दबाव दिने र सबैभन्दा बलियो टिम बनेर चुनौती दिनेलाई पनि हराउने सिटीको ट्रेड मार्क बनेको छ । २४ खेलमा अविजित हुनुले नै उनीहरुलाई सुरक्षित बनाइसकेको थियो । उसले अब म्यानचेस्टर युनाइटेडसँग एफए कपको फाइनल र इस्तानाबुलमा इन्टर मिलानसँग च्याम्पियन्स लिगको फाइनल खेल्दैछ ।

उसको मनोवैज्ञानिक दृढताले नै प्रतिस्पर्धीलाई पछि पार्छ । पछिल्लो सिजन लिभरपुल र यो सिजन आर्सनल एउटा बराबरी खेल पनि हार जत्तिकै बनाइदिन्छन् ।

योर्गन क्लोपको प्रशिक्षणमा लिभरपुलले ३० वर्षमा पहिलो पटक उपाधि जितेको थियो । जुन उचित रुपमा गोल्डेन एनफिल्ड पुनर्जागरण गर्न जरुरी थियो ।

लिभरपुल दुईपटक अन्तिम दिनमा १ अंकले पछि प¥यो । २०१९ मा सिटीले १४ सहज जित पश्चात, पाँच मिनेटमा ३ गोल गर्नुअघि ग्वार्डिओलाको तर्फबाट अन्तिम दिनमा एस्टन भिल्लालाई २–० ले पराजित गर्‍यो ।

यो सिजन अर्सनललाई पछ्याइएको थियो । सिटीले दुई पटक हराइदियो । हार्नुअघि नै पनि अपरिहार्यताको बढ्दो भावनाको साथमा टिमलाई पुन मर्मत गरिएको थियो । यो सिटीले आफ्नो प्रतिद्वन्द्वीलाई फुटबलको मात्रै होइन मानसिक र शरीरिक तवरबाट पनि दबावमा पारेको उदाहरण हो ।

आउने सिजन सिटीको प्रतिद्वन्द्वी को ?

यो सिजन उपाधि दौडमा लिभरपुल नहोला । किनभने उनीहरुले सिजन खाली हात नै सकाए । गत सिजन लिभरपुल ऐतिहासिक चार उपाधि जित्ने होडको नजिक पुगेर पछि परेको थियो ।

क्लोप एक समय शारीरिक र मानसिक रुपमा एकदम विक्षिप्त देखिएका थिए । गत सिजन नाटकीय रुपमा लिग उपाधिबाट चुकेको लिभरपुल च्याम्पियनस लिगको फाइनलमा रियल मड्रिडसँग हार बेहोर्दै बाहिरियो ।

त्यहि पनि अर्को सिजन भने लिभरपुल केही फरक भएर आउने आशा गरिएको छ । उनीहरु मिडफिल्डमा केही नयाँ अनुहारको साथमा टिम नवीकरण गर्नु आवश्यक छ । यो सिजनको अन्त्यमा रिकभरीको सेसनहरु चलिरहेको छ ।

जड बेलिङ्हमले लिभरपुल समर्थकलाई निराश बनाउन सक्छन् । उनी एनफिल्डमा नआउन सक्छन् । तर, क्लब केही शक्तिशाली खेलाडी मैदानमा उतार्ने सुरमा छ । चेल्सीका मेसन माउन्ट, विश्वकप विजेता अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर र बायर्न म्युनिखबाट र्‍यान ग्रेवेनबर्चलाई ल्याएर शक्तिशाली र सुधारिएको टिम उतार्ने तयारीमा छ ।

क्लोपले जति सक्दो छिटो प्रिसिजनको तयारी थाल्ने नियत स्पष्ट पारिसकेका छन् । नयाँपनसहित ट्रफिको दौडमा क्लोपको तयारी छ । यदि लिभरपुलले सिटीसँग अंक तालिकाको शीर्षमा दौड लगाउन नयाँ अनुहार ल्याउँदा कुनै आश्चर्य हुनेछैन ।

आर्सनलले पनि यस पटक उपाधिको स्वाद चख्न पाएन तर, भान भने पायो । हुन त सन् २००३–०४ पछि आफ्नो हातमा आइसकेको प्रिमियर लिगको उपाधिबाट चिप्लिँदाको पीडा आर्सनलसँग पनि कम हुनेछैन । यसैको साथमा आर्सनल अझ बढी गर्न चाहन्छ ।

प्रशिक्षक मिकेल अर्टेटाले पक्कै पनि यो सिजनपछि केही सुधार गर्न चाहन्छन् । जसमा आर्सनललाई शीर्ष चारमा स्थान बनाउनको लागि उत्कृष्ट प्रदर्शनसहित लड्ने आशा थियो, न कि सिटीलाई लामो समयसम्म उपाधिका लागि सहज बनाउनु । आर्सनलले अर्को सिजनका लागि वेस्टह्यामका उत्कृष्ट कप्तान डेक्लान राइसलाई टिममा ल्याउने आश गरेको छ ।

यदि २४ वर्षीय राइसलाई टिममा ल्याउन सकेमा टिम पुन प्रतिस्पर्धा गर्न एक दृढ संकल्पको साथमात्रै नभइ एकदमै बलियो रुपमा आउनेछ । इमिरेट्स स्टेडियम पुन उनीहरुका लागि गन्तव्य बन्न सक्छ, जो सबैभन्दा ठूलो उपाधिको आशा गर्छन् ।

म्यानचेस्टर युनाइटेडले भने उयो सिजनमा एरिक टेन हागको मातहतमा उजाडस्थानबाट एक उदाउँदो दिशा लिन अलि सुस्ताएको जस्तो देखिन्छ ।

उनीहरुले लिग कप जिते । त्यो २०१७ पश्चात पहिलो उपाधि हो । शीर्ष चारमा स्थान पछ्याउँदै, एफए कपको फाइनल पुग्नु र सिटीको एक लामो उपाधि लाइनमा चुनौती दिनु छ भने उनीहरुलाई अत्याधिक बलियो भएर आउनु जरुरी छ ।
टेन हागको अबको प्राथमिकता भनेको गोलस्कोरर हो । जसले युनाइटेडलाई होममा भन्दा पनि अवेमा अग्रता दिलाओस् ।

यदि इङ्ल्यान्डका कप्तान ह्यारी केनले टोटनहमबाट बिदा लिए भने कुनै आश्चर्य हुने छैन । नापोलीका भिक्टर ओसिमहेनले पनि युनाइटेडतिर ध्यान खिचेका छन् ।

टेन हागले युनाइटेडलाई अगाडी बढाएका छन् । उनले प्रभावशाली रुपमा प्रारम्भिक आधार निर्माण गर्दै प्रिसिजनको तयारी गरे पनि प्रिमियर लिगमा सिटीलाई चुनौती दिन अझै पर्याप्त हुने छैन । हुन त नयाँ मालिकको प्रभाव कस्तो पर्ला त्यो भने हेर्न बाँकी छ ।

न्युक्यासल युनाइटेडले म्यानेजर एडी होवेको नेतृत्वमा एक कदम अगाडि बढ्न चाहन्छ । जो साउदी अरबको स्वामित्व रहेको क्लबका लागि सबैभन्दा स्मार्ट काम गर्ने व्यक्ति भनेर चिनिन्छन् । हाल उनी यस्तो स्थितिमा आइपुगे कि उनी आफैँ पनि आश्चर्यचकित परेको होलान् ।

उनको महत्वकांक्षा उच्च छ । त्यसैले पनि समर विन्डोको लागि निकै उत्साहित हुनेछन् । उपाधि अर्को वर्ष नआए पनि दीर्घकालीन लक्ष्य भने हुन सक्छ ।

चेल्सी पुन एक ठूलो भूमरीमा

यो सिजन चेल्सी टिममात्र होइन नयाँ सहमालिक टोड बोहलीको साथमा निकै निराशाजनक छ । उनीहरुले कुनै पूर्वाधार र संरचनाविना लगभग ६०० मिलियन पाउन्ड खर्च गरिसके ।

म्यानेजर थोमस टुचेल बर्खास्त गरिए । उनको उत्तराधिकारीको रुपमा रहेका ग्राहम पोटर ३१ खेलसम्म मात्र चले । एकदमै ठूलो बोझ र महंगो टिमसहित अंक तालिकामा निकै अष्पष्टता भएका कारण समर्थकमा अशान्ति छाएको छ ।

मारिशियो पोचेटिनो यहि गडबढीलाई कम गर्न तयर भएका छन् । हुन त यो टिममा प्रतिभाको कमी भने छैन ।

बाँकी सबै प्रतिद्वन्द्वीहरुको लागि सिटीलाई पराजित गर्न अझै पनि धेरै कठिन हुुनेछ । उनीहरुलाई अर्को उपाधिका लागि रोक्न गाह्रो हुनेछ । ग्वार्डिओला अझै अर्को उपाधिको प्रतीक्षामा छन् । उनी केबल इच्छा मात्रै गर्दैनन् प्रतिद्वन्द्वीको बारेमा अवगत पनि रहन्छन् । उनी प्रतिपक्षीलाई जाँच्न माहिर छन् ।

यो सर्व विजेता बनिरहेको टिमको लागि पनि एर्लिङ हालान्ड एक गेम चेञ्जर हुन् । तर, ग्वार्डिओला अझै एक खेलाडीको खोजीमा छन् जसले उनलाई हरेक स्पर्धा आफ्नो पक्षमा गराउन मद्धत गरुन् ।

– बीबीसीका फुटबल प्रमुख फिल म्याकनल्टीको रिपोर्टको अनुवाद

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?