+
+

सिटीको सफलताको एउटा कारण ‘ब्रिलियन्ट हालान्ड’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १८:३९

७ जेठ,  काठमाडौं । एक वर्षअघि एर्लिङ हालान्ड म्यानचेष्टर सिटी आउँदा यी सेन्टर परवार्ड मास्टरमाइन्ड पेप ग्वार्डिओलाको शैलीमा कसरी फिट होलान् भन्ने प्रश्न उब्जेको थियो ।

तर हालान्ड ग्वार्डिओलाको शैलीमा फित मात्र भएनन्,  उनले गोल गर्नेदेखि धेरै कीर्तिमान बनाए । अनगिन्ती डिफेन्डरहरूलाई पार गर्दै एक आश्चर्यजनक डेब्यू अभियानमा आफ्नो बाटो खने ।यी स्ट्राइकर चाँडै सिटीको ‘फेस’ बने ।

ट्रेबल अभियानमा रहेको सिटीले शनिबार लगातार तेस्रो प्रिमियर लिग उपाधि कब्जा गर्नुको प्रमुख कारण उनै हालान्ड रहे ।

टिमवर्क सिटीको आधारशिला भएको बेला, २२ वर्षीय नर्वेजियन हालान्डले थ्रुपै व्यक्तिगत कीर्तिमानहरु बनाए । जसलाई ग्वार्डिओलाले ‘डरलाग्दो’ भनेका छन् ।

हालान्डले एन्डी कोल र एलन शियररले लगभग तीन दशकसम्म कायम रहेको कीर्तिमान तोड्दै एउटै प्रिमियर लिग सिजनमा ३६ गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।

अझै केही खेल खेल्न बाँकी रहँदा उनले यस सिजनमा सबै प्रतियोगिताहरूमा गरी उनले ५२ गोल गरिसकेका छन् । यसअघि यस्तो उपलब्धी लगभग एक शताब्दी अघि देखिएको थियो ।

स्काई स्पोर्ट्सका पण्डित ग्यारी नेभिलले हालै हालान्डलाई ‘साँच्चै अनौठो’ भनी वर्णन गरे । नेभिलले हालान्डलाई ह्यारी केन, वायन रुनी र ब्राजिलका रोनाल्डोको संयोजन भन्दै केनको अन्तिम टच, रुनीको शक्ति र रोनाल्डोको विस्फोटको गुण रहेको प्रतिक्रिया दिए ।

सिटीले लामो समयदेखि उनीहरूको पासिङ, पोसेसन र मौकाहरू सिर्जना गर्ने धैर्यताको लागि प्रशंसा पाएको थियो । तर इंग्ल्याण्डका पूर्व डिफेण्डर नेभिलले हालान्डले उत्कृष्ट फिनसिङका साथ केही नयाँ लिएर आएको बताए ।

‘हालान्ड एक विश्व स्टार हो, जो विश्व स्टारको रूपमा आएका छन् र विश्व स्टारको रूपमा प्रदर्शन गरिरहेका छन्’, नेभिलले यस सिजनको सुरुमा आफ्नो पोडकास्टमा भने ।

हालान्डले पनि निश्चित रूपमा नेभिललाई सही साबित गरेका छन् । उनले फरक तरिकाले गोल गरेका छन् । सबै कोणबाट गोल गरेका छन् । उनको लागि गोल गर्न सहज बनेको छ ।

ड्रीम ट्रेबलको यात्रा

सिटी ड्रिम ट्रेबलको यात्रामा छ । लिग जितेको सिटीले आगामी जुन ३ मा एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेड विरुद्ध खेल्दैछ ।  म्यान युनाइटेड ट्रेबल उपलब्धी हाँसिल गर्ने एक्लो इंग्लिस टोली हो ।

यस हप्ताको सुरुमा सिटीले रियल मड्रिडलाई ध्वस्त पार्दै च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग भेट पक्का गर्‍यो । फाइनल जुन १० इस्तानबुलमा हुनेछ ।

हालान्ड रियल विरुद्धको सेमिफाइनलको पहिलो लेगमा धेरै हदसम्म बाँधिएका थिए र दोस्रोमा उनको प्रयासलाई गोलकिपर थिबाउट कोर्तवाले  फर्काएका थिए ।

हालान्डले च्याम्पियन्स लिगका केही रेकर्डहरूमा आफ्नो नाम पनि लेखाएका छन् । मार्चमा आरबी लाइपजिग विरुद्ध पाँच गोल गरेका उनी, लुइज एड्रियानो (२०१४) र लिओननल मेस्सी (२०१२) सँगसँगै प्रतियोगितामा एकै खेलमा पाँच गोल गर्ने सूचीमा समावेश भए ।

त्यस रात उनको प्रदर्शनले उनलाई च्याम्पियन्स लिगमा ३० गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनायो र उनले अहिले २५ खेलमा ३३ गोल गरेका छन् ।

सोही खेलमा हालान्डले एकै सिजनमा सिटीका लागि सर्वाधिक गोल गर्ने ९४ वर्ष पुरानो टमी जोन्सनको कीर्तिमान तोडे ।

यही सानदार प्रदर्शनले गर्दा नर्वेजियनले फुटबल राइटर्स एसोसिएसनको ‘फुटबलर अफ द इयर अवार्ड’ जित्दा कीर्तिमानी ८२ प्रतिशत मत प्राप्त गरे ।

उनको गोलो र लामो कपाल ‘हाउस अफ द ड्र्यागन’ चरित्र डेमन टार्गेरियनसँग उल्लेखनीय समानताको लागि हालान्डलाई टोलीका साथीहरूले ‘डेमन’ उपनाम दिएका छन् र यो भर्खरै सुरु हुँदैछ ।

नेभिलले हालान्डले आफ्नो गोल गर्ने क्षमताको सतह मुस्किलले खर्च गरेको बताए ।

– रोयटर्सबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?