+
+

काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते ११:०२

८ जेठ, काठमाडौं । काठमाडौंमा सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा हरायो ।

२७-२५ सम्म पुगेको पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिए पनि बाँकी दुई सेट उज्वेकिस्तानले सहजै जित्यो ।

दोश्रो सेट २५-२० ले आफ्नो पक्षमा परेको उज्वेकिस्तानले तेश्रो सेट २५-१४ ले नै जित्यो ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) मा आबद्ध १४ मध्ये विश्व भलिबलमै आफ्नो उपस्थिति गराइसकेको काजखस्तान तथा दक्षिण एसियाको बलियो टोली भारतसहित ८ टिम यो प्रतियोगितामा सहभागी छन् ।

लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपालले समूह ए को खेलमा आज साढे  ४ बजे किर्गिस्तानसँग खेल्दै उपाधि  रक्षा अभियान सुरु  गर्ने छ । यो समूहमा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?