+
+

महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट जेठ १५ देखि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १२:४९

८ जेठ,  काठमाडौं । मधेश प्रादेशिक क्रिकेट संघको आयोजनामा यही जेठ १५ देखि २६ गतेसम्म महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, मधेश प्रदेशको मुख्य सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेशका टिम सहभागी हुने आयोजकले जनाएको छ ।

आयोजकको प्रस्तावपछि नेपाल क्रिकेट संघ (क्यान) ले सातै प्रदेशलाई पत्र पठाउँदै प्रदेशका टिमहरुलाई प्रतियोगितामा सहभागी गराउन आग्रह गरेको छ ।

साथै प्रतियोगिताका लागि प्रतियोगिताको खेलहरु राम जानकी बहुउदेश्यीय खेल मैदानमा खेलाइने मधेश प्रादेशिक क्रिकेट संघका सचिव आयुस श्रेष्ठले जानकारी दिए ।

यसअघि जिल्ला स्तरमा आयोजना भएको यस प्रतियोगिता यस पटक प्रदेशस्तरमा आयोजना गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । राष्ट्रिय टिमको क्याम्पमा रहेका खेलाडी बाहेक अन्य खेलाडीहरु प्रतियोगितामा सहभागी हुने श्रेष्ठले जानकारी दिए । प्रतियोगितालाई क्यानले प्राविधिक सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?