+
+

मधेशमा सत्तारुढ गठबन्धनको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १५:१९

८ जेठ, काठमाडौं । मधेश सरकारमा मन्त्रालय भागबण्डाको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार दिउँसो साढे २ बजे सुरु भएको बैठकमा मन्त्रिपरिषद विस्तारको विषयमा छलफल हुने सत्ता गठबन्धनका एक नेताले बताए ।

राष्ट्रपति चुनावपछि काठमाडौंमा फेरिएको सत्ता समीकरणपछि २२ चैतमा नेकपा एमालेले सरकार छाडेको थियो । त्यसपछि मधेश सरकारका ४ वटा मन्त्रालय खाली छ । मुख्यमन्त्रीले हालै मन्त्रालयहरुको पुनर्संरचना र कार्यक्षेत्र हेरफेर पनि गरेका छन् । जसले गर्दा मन्त्रिपरिषदमै रहेका ४ मन्त्री मन्त्रालयविहीन छन् ।

मुख्यमन्त्री सरोजकुमार यादव निकट स्रोतका अनुसार मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयबाहेकका अरु मन्त्रालयहरुको कार्यक्षेत्र हेरफेर गरेर मन्त्रालयहरु फेरि पुनर्संरचना हुन सक्नेछ ।

मधेशमा सत्तारुढ गठबन्धनले नेतृत्वमा आलोपालो गर्ने सहमति गरेको थियो । पहिलो पालोमा भने जसपाले नै सरकारको नेतृत्व गर्ने सहमति भएको दलहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?