+
+

भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिन पारेर प्रचण्डले काटे केक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १९:५२

८ जेठ, काठमाडौं । भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनलाई भलिबलको जन्म दिवसको रुपमा मनाइएको छ ।

नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एशियन भलिबल एसोशियसन काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को शुभारम्भको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केक काटेका थिए ।

च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आजैका दिन २०७४ साल जेठ ८ (२२ मे २०१७) मा आफ्नै पालामा राष्ट्रिय खेलको रुपमा भलिबल चयन गरिएको र सोहि दिन पारेर आज सेन्ट्रल एशियन प्रतियोगिता नेपालमा आयोजना भएकाले आफूलाई निकैनै खुशी दिलाएको बताए ।

उनले भलिबलको विकासमा सक्दो सहयोग गर्न तयार रहेको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले एसीसहितको कभर्ड हल बनाउनका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

पहिला दिन आज भएका खेलमा नेपाल, भारत र उज्वेकिस्तान विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?