+
+

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा जवाफ दिंदै प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते ११:११

९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । राष्ट्रिय सभाको सचिवालयका अनुसार तीन दिन (जेठ ७, ८ र ९ गते) छलफलपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?