+
+

च्यासलमा एमाले जनसंगठनका पदाधिकारी भेला

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १२:०६
ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय ।

९ जेठ, काठमाडौं । नेकपा एमालेले पार्टी निकट जनसंगठनका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालय च्यासल बोलाएको छ ।

दिउँसो १ बजे सबै जनसंगठनका पदाधिकारीलाई च्यासल बोलाइएको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताए । ढकालका अनुसार, एमालेले शुरु गर्न लागेको एक वर्षे अभियानबारे जानकारी दिन भेला बोलाइएको हो ।

‘पार्टी महासचिवले एक वर्षे अभियानबारे जानकारी दिनु हुनेछ, पार्टी अध्यक्षले राजनीतिक निर्देशन दिनु हुनेछ,’ ढकालले भने ।

२३ वटै जनसंगठनको अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेकाले पनि प्रशिक्षणात्मक भेला राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?