+
+

काभा वुमन्स् भलिबल : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १६:३७

९ जेठ, काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०,  २५–८ र २५–९ ले हराएको हो ।

भारत, बंगलादेश र कीर्गिस्तान रहेको समूहमा दुई खेल जितेर नेपाल सेमिफाइनल प्रवेश गरेको हो । यसअघि सोमबार नेपालले कीर्गिस्तानलाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सोमबार बंगलादेशलाई र मंगलबार कीर्गिस्तानलाई हराएको थियो । अब नेपाल र भारतबीचको खेलले समूह विजेता चयन हुनेछ ।

बंगलादेशसँगको खेलमा नेपालका ४ जना खेलाडीले डेब्यु गरेका छन् ।

मिडलब्लकरमा कविता भट्टले सुरुवाती रोजाइमा रहँदै डेब्यु गरिन् । प्रतिस्थापन हुँदै सेटरमा प्रगति नाथ, अपोजिट स्पाइकमा पुजा थारु र लिबेरोमा शान्तिकला तामाङले पनि राष्ट्रिय टिममा डेब्यु गरे ।

यससँगै नेपालका ६ जनै नयाँ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । २ जनाले भने हिजो पहिलो खेलमा नै डेब्यु गरेका थिए ।

 

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?