+
+

हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १७:२०

काठमाडौं । पुराना गायक हिरण्य भोजपुरले आख्यान कृति ‘मुसुक्क म’ सार्वजनिक गरेका छन् । नेपालयबाट प्रकाशित भोजपुरेको पुस्तकमा १०८ वटा लघुकथा संग्रहित छन् ।

‘बाइरोडको बाटोमा धुलो उडाउँदै’का सर्जक आफू वरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु मानिन्छन् । जीवनका साना-साना भोगाइहरुबाट निस्कने भावलाई भोजपुरेले लघुकथाहरुमा अभिव्यक्त गरेका छन् ।

‘जुन बखत जस्तो घटनाले जसरी झस्का दिन्छ त्यसको चस्का नै मेरो मनको बुनोट बन्छ,’ लघुकथाका विषयमा भोजपुरेले भने, ‘मानवीय भावानुभूतिमा रम्नु र त्यही कुरा आफूलाई स्वान्त सुख दिने लेखनमा उतार्दा उतार्दै यो पुस्तक तयार भएको हो ।’

भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ लाई नेपालयले एकसाथ भौतिक पुस्तक, इबुक र लेखककै वाचनमा अडियो बुकका रुपमा बजारमा ल्याएको पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले बताइन् । इबुकको प्रतिलिपि र अडियो बुक ‘थुपै्र डटकम’ खरिद गर्न सकिन्छ । मास्केका अनुसार यो पुस्तक संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।

डेढ सय पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?