+
+

बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १८:१८

९ जेठ, काठमाडौं। बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना निकालेर संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।

सूचना अनुसार बुधबार दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । जहाँ संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्नका लागि बैठक बोलाइएको उल्लेख छ।

सोही अनुसार सम्भावित कार्यसूची समेत संसद सचिवालयले तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?