+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महालक्ष्मी सुगर मिलको दाबी : मिलले तिर्न होइन, किसानसँग झण्डै ४ करोड लिन बाँकी छ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १९:३७

९ जेठ, काठमाडौं । सर्लाहीको महालक्ष्मी सुगर मिलले किसानले सरकारबाट पाउनु पर्ने अनुदान अपचलन गरेको भन्ने उखु किसानहरूले लगाएको आरोपको खण्डन गरेको छ ।

मिल प्रशासनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी उक्त आरोपको खण्डन गर्दै मिलविरूद्ध माइतीघरमा जारी आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

किसानले पाउनु पर्ने अनुदान मिलले नबुझेको दाबी गर्दै मिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किसानले पाउनु पर्ने २५ रुपैयाँ प्रतिक्विन्टल सरकारले दिने अनुदान जिल्ला प्रशासन हुँदै कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सोझै किसानको बैंक खातामा जम्मा हुने रकम हो । फ्याक्ट्रीको मूल्य अभिवृद्धि करमा समायोजन हुने कुरै होइन ।’

मिलका सहायक प्रसाशक दीपक न्यौपानेले जारी गरेको विज्ञप्तिमा किसानहरुको बैंक खाता नभएका कारण सरकारले घोषणा गरेको अनुदान आर्थिक वर्ष २०७१/७२ मा प्राप्त नगरिएको दाबी गरिएको छ ।

किसानको बैंक खाता नभएका कारण महालक्ष्मी सुगर मिल र कञ्चनपुरको महाकाली सुगर मिलले सरकारले मागेकै समयमा निवेदन ढिला हुँदा अनुदान रोकिएको भनिएको छ ।

भ्याटमार्फत समायोजन गरेको कर किसानको नभएको भन्दै मिलले सो प्रकरणमा मिललाई जोडिएको प्रति आपत्ति जनाएको छ । मिलले उखु किसानलाई बक्यौता दिन बाँकी नरहेको दाबी गर्दै मिललले उल्टै किसानलाई दिएको मल, बिउ खादको करिब ४ करोड रूपैयाँ मिलले पाउन बाँकी रहेको दाबी गरेको छ । पछिल्लो ८ दिनदेखि कपिलवस्तुका उखु किसान माइतीघरमा अनशनमा छन् । सरकारबाट लिएको साढे २ करोड रुपैयाँ ९ वर्षदेखि नपाएको उनीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?