१० जेठ, धनगढी । कैलालीमा भन्सार छलीको सामान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् ।
बुधबार बिहान धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारल नजिकै भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको सामान पास गरिदिन आग्रह गर्दै घुस दिन खोज्ने भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार गुप्ताले बुधबार बिहान भारतबाट ल्याएको अवैध सामान भित्र्याउन प्रहरीलाई पाँच सय रूपैयाँ लिन र सामान छाडिदिन भनेका थिए ।
गुप्ताको साथबाट मिठाई, सुपारी, चियापत्ती, दूध पाउडर लगायत बरामद भएको छ । बरामद गरिएको समान र पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4