+
+

फिल्म प्राविधिकलाई ग्रेडिङअनुसार पारिश्रमिक दिने निर्माता संघको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १७:३२

काठमाडौं । चलचित्र निर्माता संघले ग्रेडिङअनुसार प्राविधिकलाई पारिश्रमिक दिने निर्णय गरेको छ । बुधबार बसेको संघको कार्यसमिति बैठकले चाँडै प्राविधिक संघसँग बसेर प्राविधिकको क्षमता र अनुभवअनुसार ग्रेडिङ गर्ने समेत निर्णय गरेको छ ।

बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै निर्माता संघका अध्यक्ष नवल खड्काले ग्रेडिङको आधारमा पारिश्रमिक दिने निधो भएको बताए । ‘कति पारिश्रमिक दिने भन्ने कुरा हाम्रो कुरा हो । नयाँ र पुराना दुवैलाई समान पाँच हजार रुपैयाँ दिन सकिंदैन । नेफ्टासँग बसेर ग्रेडिङ गर्छौं र पारिश्रमिक दिन्छौं,’ उनले भने ।

अब ग्रेडिङअनुसार पारिश्रमिक दिने खड्काले बताए । ‘यसका लागि हामी सरकारको नियमको पनि अध्ययन गर्छौं । हामीलाई सिफ्ट सिस्टमसँग आपत्ति भएन तर ग्रेडिङप्रति हाम्रो सर्त छ,’ उनले भने । फिल्म प्राविधिक ए, बी र सी ग्रेडमा विभाजन गर्ने समेत उनले जानकारी दिए ।

गत वैशाख १ गतेदेखि प्राविधिक संघले छायांकनमा सिफ्ट सिस्टम लागू गर्दै १२ घण्टे तालिका कार्यान्वयनमा ल्याएको थियो । अतिरिक्त समय काम गर्नुपरे अतिरिक्त पारिश्रमिक दिनुपर्ने नेफ्टाको नियम थियो । सोहीअनुसार छायांकनमा प्राविधिकले पारिश्रमिक लिंदै आएका थिए ।

निर्माता संघको कार्यसमिति निर्णयपछि नेफ्टाको उक्त नियम प्रभावित हुने देखिएको छ । यसैबीच, निर्माता संघको बुधबारको कार्यसमिति बैठकले चलचित्र संघसँगको अवरुद्ध वार्ता केही दिनमा सुचारु गर्ने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?