+
+
Shares

इटहरीमा पनि खुल्यो अनलाइन सोफा सेन्टरको शाखा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १८:०४

काठमाडौं । अनलाइन सोफा सेन्टरले पूर्वको इटहरीमा आफ्नो शाखा विस्तार गरेको छ । पूर्वी नेपालका ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले सुनसरीको इटहरीस्थित हलगाढा चोकमा सोफा तथा फर्निचर स्टोर खोलेको हो ।

सुनसरी, मोरङ, झापा लगायतका क्षेत्रका ग्राहकलाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले ईटहरीमा शाखा स्थापना गरिएको अनलाइन सोफा सेन्टर प्रालिका अध्यक्ष एवम् सञ्चालक शिशिर अधिकारीले बताए।

इटहरी शाखामा भएका सामान ग्राहकहरुले सीधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्था कम्पनीले गरेको छ। आसपासका ग्राहकले शोरुम नै पुगेर समेत हेरेर सामान किन्न सक्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा मात्र उपलब्ध हुने उत्कृष्ट गुणस्तरका सोफा तथा फर्निचर त्यस क्षेत्रका ग्राहकले अब ईटहरीबाटै खरिद गर्न पाउनेछन् ।

‘पूर्वी नेपालका जिल्लाहरुबाट ग्राहकहरुले एकदमै धेरै चासो दिएर अनलाइन सोफाका उत्पादनहरु मन पराउनुभयो’, उनले भने, ‘त्यसैले शाखा नै खोलेर त्यतैबाट बिक्री थालेका छौं ।’

कम्पनीले हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको जनाएको छ ।

‘हामीसँग दक्ष कार्पेन्टरहरु छन, गुणस्तरीय सामान प्रयोग गर्छौं, जसले गर्दा उत्पादनको क्वालिटी र फिनिसिङ ग्राहकले खोजेजस्तै हुन्छ’, कम्पनीका अध्यक्ष अधिकारी भन्छन्। आफ्ना उत्पादनमा कम्पनीले ५ देखि १० वर्षसम्म वारेन्टी समेत दिने गरेको छ। घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका लागि हामीले एक कल गरे पुग्छ, उनी भन्छन्।

उनका अनुसार कम्पनीले चाडैं काठमाडौंको बसुन्धरामा समेत आफ्नो तेस्रो शाखा सञ्चालनमा लागेको अध्यक्ष अधिकारी बताउँछन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?