+
+

विवाहको नवौं वर्षगाँठ मनाउन बुढानीलकण्ठ पुगे हमाल दम्पती

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १४:४०

काठमाडौं । विवाहअघिसम्म अभिनेता राजेश हमाललाई एउटै प्रश्नले पछ्याइरहन्थ्यो– विवाह कहिले गर्ने ? विवाह भएको पनि नौ वर्ष पुगेको छ, फेरि पनि उनलाई एउटै प्रश्नले पछ्याइरहेको छ– बेबी प्लान कहिले गर्ने ? क्याजुअल भेटघाट होस् या मिडिया कुराकानी सबैतिर, यतिबेला हमालले यो प्रश्नले पछ्याइरहेको छ ।

तर हमाल बेबी प्लानबारेको प्रश्नलाई लिएर कूटनीतिक उत्तर दिन्छन् या पन्छिन खोज्छन् । हमाल र मधु भट्टराईले २०७१ साल वैशाख १० गते होटल अन्नपूर्णमा विवाह गरेका थिए । उनीहरुले आफ्नै शैलीमा विवाहको नवौं वर्षगाँठ सेलिब्रेसन गर्दैछन् । उनीहरु एनिभर्सरी मनाउन बुढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा पुगेका छन् ।

हमाल दम्पती एनिभर्सरी सेलिब्रेसनका लागि केही सहयोगीसहित बुधबार बेलुकादेखि नै त्यहाँ रहेको निकट स्रोतले जानकारी दियो । ‘केही सहयोगी र होटलका स्टाफसहित उनीहरुले एनिभर्सरी सेलिब्रेसन गरिरहेका छन्,’ स्रोतले भन्यो । अघिल्ला एनिभर्सरी मनाउन हमाल मधुलाई लिएर पोखरा जाने गर्थे ।

केही समयअघि अनलाइनखबरसँग कुरा गर्दै हमालले बेबी प्लानबारे मधु र आफूले सोच्न थालेको बताएका थिए । हमालले भने, ‘बच्चालाई एडप्ट गर्ने तयारीमा त छैनौं । बायोलजिकल्ली नभएर गर्‍या होइन, बायोजिकल्ली हामीलाई केही गुनासो छैन । सायद अर्को उपाय अपनाएर पनि सन्तान जन्माउनुपर्छ कि भन्ने पनि छ । तर अब सन्तान नजन्माउने कि भन्ने सोचबाट सन्तान जन्माउनुपर्छ भन्नेमा चाहिं अगाडि बढ्यौं ।’

बच्चा नहुनुु पनि वैवाहिक योजनाअनुसार नै रहेको उनले बताए । ‘बालबच्चा नहुनु पनि हाम्रो प्लानिङ अन्तर्गत नै पर्छ । यो अनौठो सुनिन्छ, तर नितान्त व्यक्तिगत कुरा हो । सामान्य व्यक्तिले सुन्दा चाहिं यो मान्छेले के गरिराख्या होला भन्ने पर्ला । ढिलो बिहे गर्‍यो, बिहे गरेको धेरै वर्ष भइसक्यो । अहिले पनि प्लानिङमै छु भन्छ । यो चाहिं नितान्त हामीमा मात्र लागू हुने कुरा बन्यो ।’

स्रोतका अनुसार हमाललाई बेबी प्लान गर्न परिवार र आफन्तले दबाब दिइरहेका छन् भने फ्यानले सामाजिक सञ्जालबाटै उत्तराधिकारी दिनुपर्ने भन्दै कमेन्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?