
१२ जेठ, काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।
यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।
१४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो ।
फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।
बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4