+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

गम्भीर आरोप टाउकोमा बोकेर संसद चल्न दिन्नौं : सुवास नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १३:१७

१२ जेठ, काठमाडौं। पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

शुक्रबार संसद बैठक शुरु हुनासाथ एमाले सांसदहरुले उभिएर बैठक अवरोध गरेका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने अडान लिए।

यसपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएकाले बैठक प्रक्रियामा लैजान सहयोग मागे। तर एमाले सांसदहरुले आधारहीन आरोप लगाउने सांसदमाथि कार्बाही र संसदीय रेकर्डबाट नहटाएसम्म अवरोध कायमै राख्ने बताए।

उपनेता सुवास नेम्वाङले आधारहीन र गैरजिम्मेवार टिप्पणी नसच्याएसम्म बैठक चल्न नदिने थप जानकारी दिए। ‘सदन रोक्ने हामीलाई रहर छैन । हामी प्रष्ट छौं, हाम्रो प्रयास त्यही नै हो’ नेम्वाङले भने, ‘यति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी भाग लिन सक्छौं।’

नेम्वाङले भ्रष्टाचार भएमा कार्बाही गर्न सक्ने डाडूपन्यू लिएको सत्तारुढबाटै प्रमुख प्रतिपक्षमाथि आधारहीन आरोप लगाइएको बताए ।’मैले तीन पटक सुनेँ । सुनको जलारीको नाममा पशुपतिनाथमा पित्तलको जलारी चढाएर भ्रष्टाचार गर्ने काम गरेको छ । पार्टीको नेतामाथि यस्तो आरोप लागेको छ’, नेम्वाङले भने । उनले यो आरोप राफसाफ नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुन नसकिने बताए।

एमाले नेताहरुले उभिएर संसद अवरोध गरिरहेकै बेला सभामुख घिमिरेले माओवादी केन्द्रका हितराज पाण्डेलाई बोल्ने समय दिएका थिए। यसपछि भने एमाले सांसदहरुले रोष्टममै गएर नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरे।

गत १० जेठको बैठकमा लेखनाथ दाहालले सुनको जलहरी भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार भएको आरोप लगाएको एमाले सांसदहरुले बैठकमा भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?