+
+

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको परामर्शदाता बन्यो पावर ग्रिड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते २०:०३

१२ जेठ, काठमाडौं । पावर ग्रिड कर्पोरेसन अफ इन्डिया ४०० केभीको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको परामर्शदाता नियुक्त भएको छ । बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बीजीसीपीटीएल)ले पावर ग्रिड कर्पोरेसन अफ इन्डियालाई परामर्शदाता नियुक्त गरेको हो ।

बीजीसीपीटीएल नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्न नेपाल विद्युत प्राधिकरण मिलेर स्थापित संयुक्त कम्पनी हो ।

यो कम्पनीले न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइन अन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्ने छ । यसमा विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व छ ।

नेपालतर्फको प्रसारणलाइन भने प्राधिकरण आफैंले गर्दैछ । नवलपरासीको सुनवल नगरपालिका–१३ मा रहेको न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइन करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ ।

कम्पनीको ५० प्रतिशत स्वामित्व हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाइसकेको छ । कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरणको बराबर नै लगानी रहने छ ।

नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवहरुको संयन्त्रको २०७६ असोज २७ र २८ गते भएको सातौं बैठकले प्रसारणलाइन निर्माणको लगानीको स्वरुपलाई टुंगो लगाएको थियो । अनुमानित लागत ७ अर्ब ३९ करोड रुपैयाँ रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?