
१२ जेठ, काठमाडौं । रेलिगेसन जोनमा रहेको एफसी खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिस जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको सातौ स्थानमा उक्लेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसलाई जित दिलाउन भरत शाह र मोहमद आसिकले गरे ।
प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए ।
तर दोस्रो हाफमा भने पुलिस आक्रामक रणनीतिका साथ उत्रियो । सो क्रममा खेलको ७६ औं भरतको गोलमार्फत पुलिसले अग्रता लिएको थियो ।
भरतले रविशंकर पासवानको कर्नमा जो आइडुले हेड गर्दा प्राप्त बललाई हेतमार्फत नै पोस्टको दिशा दिएका थिए ।
त्यसपछि ८८ औं मिनेटमा आसिकले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए र बाँकी समयमा थप गोल हुन सकेन ।
पहिलो भेटमा पुलिस ३–१ ले विजयी भएको थियो । जितसँगै २१ खेलमा २८ अंक जोडेको पुलिस सातौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको खुमलटार समान खेलबाट २१ अंकका साथ पुछारमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4