
१३ जेठ, काठमाडौं । लिगको अन्तिम खेलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिँदा बायर्न म्युनिख बुण्डेसलिगा च्याम्पियन बनेको छ ।
शनिबार डर्टमण्डले मेन्ज र बायर्न म्युनिखले एफसी कोनलसँग खेलेको थियो । डर्टमण्ड २–२ को बराबरीमा रोकियो बायर्नले कोनललाई २–१ गोल अन्तरले हराएको छ र लिगको उपाधि जितेको छ ।
कोलनको घरेलु मैदानमा भएको खेलमा बायर्नले आठौं मिनेटमै कोमनको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीले ८१औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएपनि ८९ औं मिनेटमा गोल गर्दै मुसियालाले बार्यन म्युनिखलाई जित दिलाए ।
अघिल्लो खेलमा लाइपजिकसँग हारेका कारण बार्यनलाई यो जितले मात्र पुग्दैनथ्यो, डर्टमण्डले जितेको भए ऊ च्याम्पियन बन्थ्यो ।
तर घरेलु मैदानमा भएको खेलमा डर्टमण्डले १५औं मिनेटमा गोल खायो । मेन्जका लागि हेन्च ओल्सनले गोल गरे । त्यसको चार मिनेटमै डर्टमण्डले पेनाल्टी पाएको थियो, तर हालर गोल गर्न चुके । बरु २४औं मिनेटमा ओनिसिओले गोल गरेपछि भ्रमणकारी टोली पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भयो ।
खेलको ६९ औं मिनेटमा गोल फर्काएको डर्टमण्डले अन्तिम मिनेटमा बराबरी गोल फर्काएको थियो । बायर्नसँग समान ७१ अंक बनाएको भएपनि गोल अन्तरमा पछि पर्दै बोरुसिया डर्टमण्डले ११ वर्षमा पहिलो पटक उपाधि जित्ने अवसर गुमाएको छ । बायर्न म्युनिखले भने लगातार ११औं पटक उपाधि जित्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4