+
+

अमेजन प्राइमको म्युजिक वेब सिरिजमा अदिती बुढाथोकी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १२:५५

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी हिजोआज मुम्बईमै व्यस्त छिन् । म्युजिक भिडियो, मोडलिङदेखि ब्राण्ड इन्डोर्सहरुमा उनको सक्रियता देखिन्छ । अदितीलाई लिएर नयाँ खबर छ, उनी अमेजन प्राइमको संगीतसम्बन्धी वेब सिरिजमा यतिबेला अभिनय गरिरहेकी छन् । उक्त सिरिजलाई नितिन गावडेले निर्देशन गरिरहेका छन् ।

‘देवदास’जस्ता चर्चित हिन्दी फिल्म छायांकन गरेका सिक्किमेली छायाकार विनोद प्रधानले यो सिरिजलाई खिचिरहेका छन् । यो वेब सिरिजको पहिलो सिजनको छायांकन यतिबेला मुम्बईमा भइरहेको छ ।

छायांकन सेटबाट जारी तस्वीरमा अदितीलाई देख्न सकिन्छ । उनी छायाकार प्रधानसँग पनि देखिएकी छन् भने उनलाई क्यारेक्टर लुक्समा पनि देख्न सकिन्छ ।

यता नेपालमा अदितीको होम प्रोडक्सन ‘बाबरी प्रोडक्सन’बाट नयाँ फिल्म निर्माणको तयारी छ । यो फिल्मको छायांकन चाँडै हुने अदितीकी आमा तथा निर्मात्री पुष्पलताले जानकारी दिइन् । ‘बाबरी’ प्रदर्शन हुँदै गर्दा अदितीको ब्यानरबाट यो फिल्मको घोषणा भएको थियो । यो फिल्ममा समेत धीरज मगर र अदितीले अभिनय गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?