
१४ जेठ, काठमाडौं । सरकारले बितेको ३ वर्षमा साढे ५ किलोमिटर रेल्वे ट्रयाकबेड निर्माण गरेको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा निर्माण्को काम भइरहेको छ । ट्रयाकबेड रेलको लिक बिछ्याउन तयार गरिएको ट्रयाक हो ।
तर, कामको गति ज्यादै सुस्त छ । २०७८ असार मसान्तसम्म ४९ किलोटिमर रेल्वे ट्रयाक बेड निमाण भएको थियो । २०७९ असारसम्म ५२.५ किलोमिटर पुगेको काम अहिले गत फागुनसम्म ५४.५ किलोमिटरमै सीमित भएको आर्थिक सर्वेक्षण २०७९/८०ले जनाएको छ ।
एक वर्षमा २ वटा रेल्वे पुलको निर्माण सकिएर ७ वटा पुल बनेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै गत फागुन महिनासम्म विभिन्न नदीमा जलयात्राका सम्भावना सम्बन्धी अध्ययनहरु भएका छन् । कर्णाली नदी (११५ किलोमिटर), कालीगण्डकी (९५ किलोमिटर), कोशी नदी (७५ किलोमिटर), नारायणी नदी (८५ किलोमिटर), त्रिशुली नदी (२२ किलोमिटर), सुनकोशी नदी (६८ किलोमिटर), राप्ती नदी (१०२ किलोमिटर), बबई नदी (५२ किलोमिटर), दूधकोशी नदी (२० किलोमिटर) र मस्र्याङदी नदी (२० किलोमिटर) मा आन्तरिक जलमार्गमा जलयान सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न भएका प्रतिवेदनले जनाएको छ ।
कोशी नदीमा प्यासेन्जर रिभर टर्मिनल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।
प्रतिक्रिया 4