+
+

भारतलाई काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १७:३५

१४ जेठ, काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।

दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३-० ले हराउँदै भारतले उपाधि जितेको हो ।

काजाकस्तानमाथि एकपक्षीय प्रदर्शन गरेको भारतले पहिलो सेट २५–१५  ले आफ्नो पक्षमा पारेको थियो ।

पहिलो सेटमा निकालेको जितसँगै उच्च मनोबलका साथ प्रदर्शन गरेको भारतले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–१८ को नजिता निकाल्दै उपाधि उचाल्न सफल भएको हो ।

प्रतियोगितामा अपराजित रहेको काजाकस्तान फाइनलमा भारतसित पराजित भयो ।

सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र काजाकस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?