+
+

सातदोबाटोमाथि एनआरटीको जित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते २०:३१

१४ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको खेलमा न्युरोडटिम एनआरटीले सातदोबाटो युथ क्लवमाथि २–१ को रोमाञ्चक जित निकालेको छ ।

च्यासल मैदानमा भएको खेलमा एनआरटीलाई जित दिलाउन निकोलस सङ्ग र सनम लिम्बूले समान एक गोल गरे ।

सातदोबाटोका लागि शिव सुवेदीले एक गोल फर्काएका थिए । खेलको ६३ औं मिनेटमा सङ्गको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । सङ्गले कृतिश रत्न छुन्जूले डि बक्स भित्रबाट उपलब्ध गराएको पासलाई सदुपयोग गरेका थिए ।

६७ औं मिनेटमा सनमले टोलीको अग्रता दोब्बर बनाए । सनमले कृतिशकै पासमा हेडरमार्फत जाली चुमाउन सफल भएका हुन् ।

दोहोरो अग्रतापछि केही रक्षात्मक देखिएको एनआरटी बिरुद्ध सातदोबाटो आक्रामक देखियो ।

७७ औं मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरे पनि बाँकी समयमा थप गोल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

यस जितसँगै एनआरटीले लिगमा सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ ।

पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो । जितसँगै एनआरटीले २२ खेलमा २९ अंक जोडेको छ । पराजय व्यहोरेको सातदोबाटोको समान खेलबाट २९ अंक नै छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?