+
+

लेस्टर र लिड्स रेलिगेसनमा, एभरटन जोगियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते ९:५७

१५ जेठ, काठमाडौं । पूर्व च्याम्पियन लेस्टर सिटीसहित लिड्स युनाइटेड प्रिमियर लिगबाट रेलिगेसनमा पर्दा एभरटन भने जोगिएको छ ।

आइतबार भएको सिजनको अन्तिम खेलमा जित निकाले पनि लेस्टर सिटी रेलिगेसनबाट बच्न सकेन ।

एभरटन भने एएफसी बर्नमाउथलाई १-० ले पराजित गर्दै रेलिगेसनबाट बच्यो ।

प्रिमयर लिगमा रहिहरन लेस्टरलाई अन्तिम खेल जितेर मात्र पुगेन एभरटन पनि पराजित हुनुपर्ने थियो । एभरटनलाई भने जितले रेलिगेनस जोगिन्थ्यो । यसमा एभरटन सफल भयो ।
लेस्टरले अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई २-१ ले हराए पनि पर्याप्त भएन ।

एभरटन ३८ खेलबाट ३६ अंक जोड्दै १७औं स्थानमा रह्यो । अन्तिम खेलमा जितेको लेस्टरको ३८ खेलबाट ३४ अंक मात्र भयो ।

१८ औं स्थानमा रहेपछि प्रिमियर लिगमा बढुवा भएको ९ वर्षपछि लेस्टर दोस्रो डिभिजन अर्थात च्याम्पियनसिपमा घटुवा भएको छ ।

यस्तै टोटनहमसँग ४-१ ले पराजित भएपछि लिड्स पनि रेलिगेसनमा पर्‍यो । लिड्सको ३८ खेलबाट ३१ अंक मात्र रह्यो ।

साउथह्याम्पटन यस अघि नै रेलिगेसनमा परिसकेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?