+
+

मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १०:०४

१५ जेठ, काठमाडौं । पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंलाका लागि मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो खेलमा खराब ब्याटिङ गरेको छ ।

झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको नेपालले बांगाईस्थित युकेएम-युएसडी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । तर घरेलु टोलीलमलेसियाले उत्कृष्ट बलिङ गरेपछि नेपाल पूरै ओभर समेत क्रिजमा टिक्न सकेन र १६.५ ओभर खेल्दै ५० रनमा अलआउट भयो ।

नेपालका लागि यसै खेलबाट डेब्यु गरेकी सम्झन खड्काले सर्वाधिक १३ रन बनाउँदा विकेटकिपर ज्योती पाण्डेले ११ रन जोडिन् ।

यस्तै युवा खेलाडी कृतिका मरासिनीले पनि यसै खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरिन् । सम्झना र कृतिका पहिलो पटक सिनियर टिममा परेका हुन् । कृतिका शुन्यमा अविजित रहिन् ।

नेपाललाई अलआउट गर्न मलेसियाका लागि निक नुर अतिएलाले सर्वाधिक ३ तथा अइन्ना हामिज हासिम, अइस्या एलिसा र माहिरा इज्जाती इस्माइलले २-२ विकेट लिए । नेपालका एक खेलाडी रनआउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?