+
+

पतिको मृत्यु भएको १६ महिनापछि महिलाले जन्माइन् बच्चा ! यस्तो छ दर्दनाक कहानी

एजेन्सी एजेन्सी
२०८० जेठ १५ गते १३:४६

ब्रेन ट्युमरका कारण आफ्नो पति गुमाएकी एक महिलाले पतिको मृत्यु भएको १६ महिनापछि मृतक पतिकै दोस्रो बच्चा जन्माएकी छिन् ।

बेलायतको लण्डनमा यो घटना भएको हो । ३८ वर्षीया जसदीप सुमल नामकी ती महिलाले गत अप्रिल ९ मा आफ्नो मृतक पति अमल सुमलको दोस्रो बच्चा जन्माएकी हुन् ।

मिरर युकेका अनुसार हृदयाघात तथा टाउको दुखाइपछि उपचारका लागि पुगेका अमनमा चौथो स्टेजको क्यान्सर भएको पत्ता लागेको थियो ।

क्यान्सरको उपचारका लागि केमोथेरापी तथा रेडियोथेरापी पनि गरियो तर त्यसले काम गरे । अन्ततः सन् २०२१ को डिसेम्बरमा ३६ वर्षको उमेरमा उनको मृत्यु भयो ।

अमनको मृत्यु हुँदा उनकी पत्नी जसदीपसँगै २ वर्षका छोरा राजन थिए । पतिको मृत्युपछि जसदीपले आफ्नो र आफ्नो पतिको एक अर्को बच्चा जन्माउने सपना पूरा गर्ने निधो गरिन् ।

अन्ततः गत अप्रिलमा मृतक पतिको जन्मजयन्तीको एक हप्ता अगाडि उनले छोरी जन्माएकी छिन् ।

सन् २०१९ मा पहिलो बच्चा पनि आईभीएफ प्रविधिबाट जन्माएकी जसदीपले दोस्रो सन्तान पनि आईभीएफ प्रविधिबाटै जन्माएकी हुन् ।

उनी भन्छिन्- हामीहरु सधैं एउटा अर्को बच्चा पनि जन्माउने योजना बनाइरहेका हुन्थ्यौं । त्यसैबेला अमन बिरामी परे र सबै कुरा बिग्रियो । हामीलाई बच्चा जन्माउने मौका नै मिलेन । जब उनी यहाँ थिए तब मैले यसबारेमा विचार गरें । मलाई थाहा थियो कि उनीसँग लामो समय छैन । मैले सोंचे कि यदि उनले बुझ्न सक्छन् भने उनलाई त्यो कुरा बताउनु राम्रो हुन्छ । तर सन् २०२१ को डिसेम्बरमा उनको मृत्यु भयो र उनलाई गुमाएको पीडासँग म अझै पनि जुधिरहेकी छु ।

उनी भन्छिन्-मैले यो काम गर्नसक्छु भन्ने शक्ति अमनबाटै प्राप्त भएको हो । उनी निकै कठिन समयमा समेत बलियो बनेका थिए र मलाई थाहा थियो कि मैले जे गर्नेछु त्योभन्दा कठिन केही पनि हुनेछैन ।

सुरुमा अमनलाई लो ग्रेडको ट्युमर थियो र उनलाई औषधि दिइयो । फेरि तीन महिनापछि जाँच गर्दा त उनमा चौथो ग्रेडको ट्युमर रहेको पत्ता लाग्यो । त्यसपछि उनीसँग केवल एक डेढ वर्षको आयु मात्रै बाँकी थियो ।

दुई सन्तान बनाउने पतिको इच्छा पूरा गर्नका लागि पति अमनको मृत्यु भएको ८ महिनापछि जसदीप गत वर्षको अगष्टमा गर्भवती भइन् ।

उनले टेष्टट्युब प्रविधिबाट गर्भाधारण गरेकी हुन् । अन्ततः उनले अप्रिल ९ मा स्वस्थ छोरी जन्माएकी छिन् । उनले आफूले जन्माएकी छोरीको नाम अमनदीप राखेकी छिन्, पतिकै स्मरणमा ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?