+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सर्वाधिक उचाइमा स्याब्रु नाचेर १५ जना शेर्पा कलाकारले राखे विश्व रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १३:५२

काठमाडौं । ६ हजार ४७० मिटर उचाइको मेरा पिक हिमालको चुचुरोमा स्याब्रु नृत्य गर्दै १५ जना शेर्पा कलाकारको समूहले विश्व कीर्तिमान राखेको छ । बनावट र प्रतिकूल मौसमको कारण आरोहणका लागि कठिन मानिने उक्त हिमालको चुचुरोमा पुगेर शनिबार शेर्पा कलाकार समूहले रेकर्ड राखेको हो ।

लण्डनमा मुख्यालय रहेको वल्र्ड बुक अफ रेकर्ड्सले कीर्तिमान रच्ने कलाकारलाई प्रमाणपत्र पनि प्रदान गरेको छ । ‘जमिनको उच्चतम् उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ नाम दिंदै उक्त संस्थाले रेकर्डको मान्यता दिएको हो । शेर्पा इभेन्ट्स अर्गनाइजरले यो कार्यक्रम आयोजना गरेको थियो ।

विशाल हिमालयलाई पृष्ठभूमिमा सजाउँदै स्याब्रु नृत्य गरेको संस्थाका अध्यक्ष नुरु शेर्पाले बताए । केही मिनेटसम्म उनीहरुले स्याब्रु नृत्यको तालमा आफूहरुलाई प्रस्तुत गरेका थिए । यो उपलब्धिका लागि विश्व कीर्तिमानी शेर्पा कलाकारलाई होटल मिराजमा आयोजित समारोहमा सम्मान समेत गरिएको छ ।

वल्र्ड बुक अफ रेकर्ड्स लण्डनबाट प्रमाणपत्र प्राप्त गर्ने कीर्तिमानी कलाकारमा नुरु शेर्पा, युगेन शेर्पा, कुन्साङ शेर्पा, ङङ लाक्पा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङ्मार डोल्मा शेर्पा, फुर्दिकू शेर्पा, दिकु शेर्पा, छिरी शेर्पा, छिरिङ शेर्पा, कामी शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङ्जी शेर्पा तथा छेतेन शेर्पा छन् ।

‘शेर्पा आरोही मात्र नभएर संस्कृतिको संरक्षण गर्ने माध्यम पनि हुन् भन्ने सन्देश यो रेकर्डले राखेको छ,’ उनले भने, ‘जमिनको अग्लो उचाइमा सांस्कृतिक नृत्य प्रदर्शनले शेर्पा जनजातिको सम्पदा मात्र होइन, उनीहरूको लचिलोपन, एकता र सीमाना पार गर्ने क्षमतालाई पनि उजागर गरेको छ ।’

यसैबीच, गत वर्ष सगरमाथा आरोहण गर्दै उच्च स्थानमा कन्सर्ट गर्ने कीर्तिमान प्रयत्न गरेका गायक राजु लामाले सगरमाथा दिवसको अवसरमा सोमबार ‘हिमालले डाक्यो मलाई’ गीत सार्वजनिक गर्दैछन् । मंगोलियन हार्टको यो नयाँ गीतलाई राजुले सगरमाथा आरोहणकै क्रममा चुचुरोमा गुन्गुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?